‘विद्यालयमा बालबालिकाहरू अझै असुरक्षित’
काठमाडौँ । बालबालिका शान्ति क्षेत्र अभियान चलेको दुई दशक बिते पनि विद्यालयमा बालबालिकाहरू अझै सुरक्षित हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बालअधिकारकर्मी गौरी प्रधानले द्वन्दकालमा जस्तो अवस्था अहिले नरहेको भए पनि बालबालिकाहरूलाई विद्यालयमा अझै सुरक्षित भएर पढ्ने वातावरण नभएको बताउनुभयो ।

विद्यालय उमेरका बालिकामाथि सहपाठी तथा शिक्षकहरूका व्यवहार र प्रविधिमा पहुँचका कारण उनीहरूले अझै पनि कुनै न कुनै प्रकारका शारीरिक र मानसिक यातना खेप्नुपरेको उहाँले बताउनुभयो ।

त्यस्तै मिलनराज धरेल, तारक धिताल, पत्रकार निर्मला शर्मा लगायतले विद्यालय शान्ति क्षेत्र भनिए पनि विद्यालयमा बालिकामाथि हुने दुर्व्यवहारका घटना बढेको बताउनुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले बालबालिकामाथि हुने हिंसाको स्वरूप बदलिएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्