२८ लाख बढी भारतीय रुपैयाँसहित ३ महिला पक्राउ
वीरगन्ज । श्रोत नखुलेको २८ लाख ५६ हजार भन्दा बढी अवैध भारतीय प्रतिबन्धित मुद्रा रक्सौलबाट वीरगन्ज ल्याइरहेको अवस्थामा प्रहरीले ३ जना महिलालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला नुवाकोट साविक गा.वि.स.शिखरवेसी वडा नं.७ बस्ने बर्ष ४५ की अनिता तामाङ्ग, सोही ठाउँ निवासी बर्ष ४४ की सरिता अग्रवाल र जिल्ला धादिङ गाउँको नाम थाहा नभएकी बर्ष ३० की मञ्जु तामाङलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोकस्थित सडकखण्डमा सवारी साधन तथा पैदल यात्रीलाई चेकजाँच गर्ने क्रममा भारत रक्सौल बाट वीरगन्जतर्फ आउँदै गरेका महिलाहरूलाई स्रोत नखुलेको भारतीय २८ लाख ५६ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्