कैलालीमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता सुरु
धनगढी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कैलालीमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सुरु भएको छ ।
सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि कैलालीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारी दर्ता सुरु भएको बताउनुभयो ।
धनगढीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराउने कार्य भइरहेको उहाँले बताउनुभयो ।
अहिलेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
कैलालीमा उम्मेदवारी दर्ताका लागि बिहान १० देखि बेलुकी ५ बजे समय तोकिएको छ । त्यसै अनुरुप प्रमुख दलहरूलाई उम्मेदवारी दर्ताका लागि फरक–फरक समय निर्धारण गरिएको भट्टले जानकारी दिनुभयो ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा मङ्सिर ४ गते हुने निर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा पाँच जना र प्रदेशसभा सदस्यमा १० जना(सांसद)निर्वाचित हुनेछन् ।
कैलालीमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी (गठबन्धन) र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने छ ।








प्रतिक्रिया राख्नुहोस्