तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देही ३ मा राप्रपा नेता  दिपक बोहराको उम्मेदवारी दर्ता, एमालेको समर्थन 

भैरहवा I रुपन्देही जिल्लाको क्षेत्र नं ३ बाट राप्रपाका  नेता  दिपक बोहोराले  प्रतिनिधि सभामा उम्मेदवारी दिनुभएको छ । 

राप्रपा,नेकपा एमाले र जसपाको तर्फबाट प्रतिनिधि सभा सदस्यमा राप्रपाका नेता दिपक बोहोराले दोश्रो नम्बरमा उम्मेदवारी परेको छ । पहिलो उम्मेदवारी स्वतन्त्र उम्मेदवार केशब विक्रम खड्काको परेको छ । त्यसैगरी जनता समाजवादी पार्टीका नेता महेन्द्र यादवले प्रदेश सभा सदस्य क मा र नेकपा एमालेका नेता तुलसी प्रसाद चौधरीले प्रदेश सभा सदस्य ख मा उम्मेदवारी दिनुभएको छ ।

क्षेत्र नं ३ मा नेकपा एमाले, राप्रपा र जसपाले गठबन्धन गरेका छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी, लोसपा, जनमोर्चाले गठबन्धन गरी उम्मेदवारी दिँदैछन् । 

प्रतिनिधि सभा सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खांड र राप्रपाका वरिष्ठ नेता तथा पूर्व मन्त्री दिपक बोहराबिच प्रतिस्पर्धा हुने हुँदा यो  क्षेत्रलाई चासोका साथ हेरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button