तपाईँ सुन्दै हुनुहुन्छः

एमाले अध्यक्ष ओलीद्वारा झापा ५ बाट उम्मेदवारी दर्ता

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दर्ता गर्नुभएको छ । 

संघीय संसद्को उम्मेदवारीका  लागि अध्यक्ष ओलीले दमक नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । 

ओलीको प्रस्तावकमा केन्द्रीय सदस्य रोमनाथ ओली र प्रदेश सदस्य अम्बिका खनाल बस्नुभएको छ । यस्तै समर्थकमा केन्द्रीय सदस्य गीता अधिकारी र जिल्ला अध्यक्ष दीपक कार्की  रहनुभएको छ I

प्रतिक्रिया राख्नुहोस्

Back to top button