तपाईँ सुन्दै हुनुहुन्छः

घनश्याम भुसालले गठबन्धनबाट स्वतन्त्र उम्मेदवारी दिने 

भैरहवा । नेकपा एमालेका नेता तथा सांसद घनश्याम भुसालले औपचारिकरुपमा पार्टी परित्याग गरेको घोषणा गर्दै रुपन्देही क्षेत्र नं १ बाट गठबन्धनको सहयोगमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । 

रूपन्देहीको मणिग्राम आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सांसद भुसालले नेपाली कांग्रेस, नेकपा माओवादी गठबन्धनबाट स्वतन्त्र उम्मेदवारी दिने र त्यसमा गठबन्धनको सहयोग हुने बताउनुभयो । 

‘प्रचण्डले नेकपा माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न प्रस्ताव गर्नुभएको थियो मैले स्वतन्त्र लड्ने बत्ताएसँगै गठबन्धनले मलाई सहयोग गर्ने समेत भएको छ’, भुसालले भन्नु भयो । 

अब रुपन्देही १ बाट एमालेका नेता छविलाल विश्वकर्मा र गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल बिचमा प्रतिस्पर्धा हुने भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button