तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीका चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सप्तरी । सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि चार वटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय एवं निर्वाचन क्षेत्र स्तरीय कार्यालय स्थापना गरिएको हो ।

सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा कञ्चनरुप नगरपालिका ८ स्थित सर्वोदय माध्यमिक विद्यालय कञ्चनपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत धनेन्द्र अधिकारी रहेका छन् ।

त्यसैगरी राजविराज नगरपालिका ७ स्थित खानेपानी तथा सरसफाइ डिभिजनको नवनिर्मित भवनमा मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर २ को कार्यालय स्थापना गरिएको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ को शम्भुनाथ नगरपालिका ७ को कार्यालय कठौना र क्षेत्र नम्बर ४ को खडक नगरपालिकाको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button