धनुषामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
जनकपुरधाम । अगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागि आजदेखि जनकपुरधाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन धनुषा जिल्लाका मुख्य निर्वाचन अधिकृत, धनुषा जिल्ला अदालतका पहिलो मर्यादाका न्यायाधीश ब्रजेश प्याकुरेलले गर्नुभयो ।

जनकपुरधामको निधि भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको हो । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितका सुरक्षा अधिकारी सहितका अधिकारीहरू उपस्थित रहनुभएको थियो ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावका लागि असोज २३ र २४ गते मनोनयन पत्र दर्ता गर्ने भएकाले मुख्य निर्वाचन अधिकृत तथा अन्य निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना गरिएको छ ।
धनुषा जिल्लामा ४ प्रतिनिधि सभा तथा ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्