तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । नेपाली सेनाले आज बडादसैँको फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरेको छ ।

file photo

गोर्खा दरबारबाट ल्याइएको फूलपाती हनुमान ढोकाको दसैँ घरमा भित्राउनु पूर्व नेपाली सेनाले सैनिक परम्परा अनुसार हर्षबढाइँ गरेको हो ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, विभिन्न संवैधानिक निकायका प्रमुख एवं पदाधिकारीहरू, मन्त्रिगण तथा उच्च सैनिक अधिकारीहरूको सहभागिता रहेको थियो ।

नेपाली सेनाले बडा दसैँको फूलपातीका अवसरमा हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी फूलपाती बढाइँ गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button