तपाईँ सुन्दै हुनुहुन्छः

दसैँ बिदामा आयल निगमका पेट्रोल पम्प खुला हुने

File Photo

काठमाडौँ I नेपाल आयल निगमले दसैँ बिदाका समयमा आफ्ना सबै पेट्रोल पम्पहरू खुला रहने जनाएको छ । निगमले एक सूचना प्रकाशित गरी दसैँका समयमा पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैँको बिदामा १३  डिपोहरूसमेत खुला राख्ने जनाएको छ ।

दसैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पम्पहरू खुला राख्ने निगमले निर्णय गरेको निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगन्जमा असोज १६, २९ र २१ गते डिपो खुला हुने छ भने वाग्मती प्रदेशको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला रहनेछन् । 

यसैगरी लुम्बिनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णाली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरू खुला हुनेछन् । उता सुदूरपश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरू बिदाको दिनमा खुला रहनेछन् । यसैगरी नेपालगञ्ज, धनुषा, वीरगञ्ज, दाङ र दिपायलमा रहेको निगमका डिपोहरू पनि २१ गतेसम्म खुला हुने बताइएको छ ।

बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पम्पहरू २४ घण्टा खुल्ला हुने र त्यसका लागि १३ वटा डिपोहरू विभिन्न बिदाको दिनमा खुल्ला राखिने निगमले जनाएको छ । निगमका अनुसार हाल दैनिक रुपमा पेट्रोल तीन हजार पाँच सय किलोलिटर र डिजेल पाँच हजार ६ सय किलोलिटर खपत भइरहेको छ । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button