पहिरो जाँदा केआइसिंह राजमार्ग अवरुद्ध
डडेलधुरा । शनिबार साँझदेखि परेको लगातारको वर्षाका कारण केआइसिंह राजमार्ग अवरुद्ध बनेको छ ।
राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आइतबार बिहान डडेल्धुरा–डोटी जोड्ने उक्त राजमार्ग अवरुद्ध हुँदा सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
यस्तै भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराको साहुखर्कमा पनि पहिरो खसेको छ । माथिबाट खसेको पहिरोले आधा सडकमा अवरोध गरेपछि अहिले एकतर्फी रुपमा सवारी गुडिरहेका छन् ।
“सडक पहिरोले ढाकेपछि एकतर्फी रुपमा ठुला सवारीले वारपार गरिरहेका छन् तर साना सवारी साधनलाई भने सास्ती भएको छ ।”
लगातारको पानीका कारण पहिरो जाने सम्भावना बढिरहेको र उद्धारका लागि समेत निकै समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अविरल वर्षाबाट सर्तक रहन सबैलाई आग्रह सहितको पत्र जारी गरेका छन् ।
खोला किनारका बासिन्दाहरूलाई सावधानी अपनाउन र उद्धार कार्यका लागि सुरक्षा निकाय र स्थानीय सरकार र विपद् उद्धार समितिलाई हाई अलर्ट रुपमा बस्न समेत आग्रह गरिएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्