गठबन्धन दलका शीर्ष नेतासहित कार्यदलको बैठक जारी
काठमाडौँ । सत्तारुढ गठबन्धन दलबीच सिट बाँडफाँटको टुङ्गो लगाउन शीर्ष नेताहरूसहित कार्यदलको बैठक अहिले जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका दलहरुबीच आगामी चुनावका लागि सिट बाँडफाँटसँगै निर्वाचन क्षेत्रको टुङ्गो लगाउने गरी छलफल भइरहेको छ ।

बैठकमा भएको छलफलपछि प्रतिनिधि सभा निर्वाचन क्षेत्रका बारेमा गठबन्धन दलहरू सहमति नजिक पुगिसकेको र प्रदेश सभा निर्वाचन क्षेत्रको पनि टुङ्गो लगाउने गरी सहमतिको प्रयास भइरहेको गठबन्धनको कार्यदलका सचिव केशवराज जोशीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धन दलबीच आसन्न निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने सहमति रहेकाले त्यसपछि लिनुपर्ने बाटो पनि दलहरूको आपसी समझदारीबाट निस्कने सत्तारुढ गठबन्धन दलका नेताहरूले बताउँदै आउनुभएको छ ।
सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँट र निर्वाचन क्षेत्रको टुङ्गो लगाउन कार्यदलको समेत सहभागितामा शीर्ष नेताहरूको बैठक निरन्तर रुपमा बस्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्