तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

नेपालगञ्ज । बाँकेमा भएका छुट्टाछुट्टै घटनामा परेर दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिकामा करेन्ट लागेर एक जना र कोहलपुर नगरपालिकामा नहरमा डुबेर एक जनाको मृत्यु भएको हो । 

राप्ती सोनारी गाउँपालिका–८ सम्शेरगञ्जमा करेन्ट लागेर स्थानीय ७३ वर्षीय बुद्धिमान लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिनुभयो । 

लामालाई पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उहाँको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । 

यस्तै सिक्टा सिँचाई आयोजनाको नहरमा डुबेर कोहलपुर– ८ का ११ वर्षीय बालक आकाश गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button