तपाईँ सुन्दै हुनुहुन्छः

शान्ति श्रीको स्वर, केश बको सङ्गीतमा ‘गरिबको दशैं’ सार्वजनिक  (भिडियो सहित)

काठमाडौँ । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तिश्री परियार र बाल गायक सुप्रिम मल्ल ठकुरीको सुमधुर स्वरमा सजिएको ‘गरिबको दशैं’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। दशैं फेरि पनि नेपालीहरूको घर आँगनमा आउनै लाग्दा विदेशिएका नेपाली दाजुभाइहरूको भावनालाई समेट्दै यो गीत सार्वजनिक गरिएको गीतकार बोध श्रीले बताएकी छिन्। गीतमा सङ्गीत गायक केशव भावुकको रहेको छ भने यसै भिडियो मार्फत गायक भावुक निर्देशन समेत होमिएका छन्। उनको यो डेब्यु निर्देशन हो।

गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका हुन् । यस गीतमा बिहान खायो बेलुका के खाऊँ र बेलुका खायो बिहान के खाऊँ हुने गरिब तथा दुःखी हरूको कथालाई समावेश गरिएको छ । गीतमा दशैं दशा बनेर आएको एक घत लाग्दो कथा बुनिएको छ । ‘आयो दशैं ढोल पिटाई, गयो दशैं ऋण बोकाइ’ भन्ने पुरानो नेपाली उखान गरिब –गुरुवाहरुको हकमा आज पनि लागु हुन्छ । खरिद गर्न सक्ने र धान्न सक्नेले त दशैं राम्रैगरी मनाउलान् । तर गरिब तथा असहायको हकमा दशै जहिले पनि पिडादायक हुने गरेको छ ।

म्युजिक भिडियोमा गीतकार बोध श्री, रेशम फिरिरि मुख्य भूमिकामा फिचर्ड छन् भने बालकलाकार बिदान मैनालीको समेत अभिनय रहेको छ। नरेश ऐरले छायाङ्कन गरेको यस भिडियोलाई रोनित बिशुन्खेले सम्पादन गरेका हुन्। ‘बोध अनलाइन टिभी’ नामक युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button