तपाईँ सुन्दै हुनुहुन्छः

दुर्व्यवहारका घटना हुन नदिन सचेत हुनुपर्छ: मन्त्री रेग्मी

काठमाडौँ । दिवसको अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकी लगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुर्व्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताउनुभएको छ ।

मन्त्री रेग्मीले भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफूले गर्न हुने र नहुने कामका बारेमा पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

अहिले मोफसलमा कतिपय जिम्मेवार व्यक्तिले नै महिलाको विवाहको उमेर कम गर्ने विषयमा कुरा उठाए पनि आफू त्यसको विपक्षमा रहेको मन्त्री रेग्मीले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डिल्लीराम शर्मा, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापा, राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी सिंह लगायतले बाल अधिकारको संरक्षण गर्दै उनीहरूको सर्वोत्तम हित गर्नु सबैको कर्तव्य भएको कुरामा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button