साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई महानगरको पत्राचार
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।

आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटल म्यारियटको डेल्टीन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।
बागमती प्रदेशको आर्थिक ऐनले तोकेको क्यासिनो प्रवेशको मनोरञ्जन कर पटक पटक ताकेता गर्दा पनि सम्बन्धित संस्थाहरूले ४ वर्षदेखि नतिरेको महानगरको राजश्व विभागले जनाएको छ ।
प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानासहित ७ दिनभित्र कर चुक्ता नगरे महानगरको राजश्व ऐन अनुसार कारबाही गरिने चेतावनी महानगरले क्यासिनोलाई गराएको छ ।
महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार सबै कम्यासिनोहरुले प्रतिव्यक्ति प्रवेश बापत ५० रुपैयाँ राजस्व महानगरलाई बुझाउनुपर्छ ।








प्रतिक्रिया राख्नुहोस्