तपाईँ सुन्दै हुनुहुन्छः

मैनामैनी हत्यामा संलग्न आरोपित सार्वजनिक

उदयपुर । उदयपुरको बेलका नगरपालिका ७ मैनामैनीमा भएको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

हत्यामा संलग्न आरोपित स्थानीय ४३ वर्षीय नरबहादुर बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) ज्ञानेन्द्र फुयाँलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

एसपी फुयाँलका अनुसार उनलाई एकै परिवारका तीन जनाको हत्या गरेको आरोप छ । उनले स्थानीय वर्ष ३७ का राजकुमार बस्नेत, उनकी श्रीमती वर्ष ३३ की सरिता बस्नेत र छोरा वर्ष १२ का सुजन बस्नेतको हत्या गरेको आरोप छ ।

उनीहरूको शव खोलामा फालेको अवस्थामा फेला परेको थियो । शव फेला परेपछि तत्कालै प्रहरीले नरबहादुरलाई पक्राउ गरेको थियो । उनको साथबाट प्रहरीले घटनामा प्रयोग गरिएको घरेलु हतियार खुकुरी समेत बरामद गरेको छ ।

आरोपित नरबहादुरले नातामा भाइ पर्ने राजकुमार, उनकी श्रीमती र छोराको स्थानीय वाबिङ खोलाको धान खेतमा नजिकै हत्या गरेका थिए । उनले खुकुरी प्रयोग गरी उनीहरूको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button