तपाईँ सुन्दै हुनुहुन्छः

एमालेबाट पाल्पा २ मा गैरे सर्वसम्मत

पाल्पा । नेकपा एमाले पाल्पाले पाल्पा क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि ठाकुर गैरेलाई सर्वसम्मत उम्मेदवारको रूपमा सिफारिस गरेको छ । भने पाल्पा क्षेत्र नम्बर १ मा भने उम्मेदवार हुने आकाङ्क्षी बढी देखिएका छन् ।

पाल्पा १ का लागि नारायण प्रसाद आचार्य, युवराज खनाल, शिब अर्याल, निर बहादुर सारु, झपेन्द्र जिसी, कृष्ण श्रेष्ठ, सरस्वती भट्टराई र बिष्णु जिसीको नाम सिफारिस भएको एमालेका पूर्व जिल्ला अध्यक्ष तथा प्रदेश सांसद नारायण प्रसाद आचार्यले जानकारी दिनुभयो । यो क्षेत्र एमालेको वर्चस्व रहेको क्षेत्र भएकाले पनि आकाङ्क्षी बढी देखिएका हुन । यस क्षेत्रबाट पूर्व मन्त्री दल बहादुर राना एमालेबाट चुनाव जितेको क्षेत्र हो । 

यता पाल्पा २ मा प्रतिनिधि सभा तर्फ उम्मेदवारका गैरेको एकल दाबी परेको हो । नेता गैरे हाल नेकपा एमाले पोलिटव्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज हुन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा यस क्षेत्रमा एमालेका उम्मेदवार सोमप्रसाद पाण्डेले जितेका थिए । पाण्डे अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button