तपाईँ सुन्दै हुनुहुन्छः

केराबारीमा पहिरो गयो : नारायणगढ मुग्लिन -सडक खुल्न केही घण्टा लाग्ने

चितवन । केराबारी भन्ने स्थानमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान ५ बजेर ५० मिनेटमा भरतपुर महानगर पालिका वडा नम्बर २९ केराबारीमा लेदोसहितको पहिरो जाँदा दुईतर्फी रुपमा सडक अवरुद्ध भएको हो ।

हाल उक्त स्थानमा अझै पानी परिरहेको र पहिरो नरोकिएकोले केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउने काम जारी राखिएको छ । केही दिन यता यो ठाउँमा दिनुहुंँ पहिरो जाँदै आएको छ ।

स्थित नारायणगढ मुग्लिन सडक खण्डमा माथिबाट लेदो सहितको पहिरो झरी बाटो अवरुद्ध भएको । उक्त स्थानमा प्रहरी टोली गई सडकसँग समन्वय गरि खुलाउने पहल भइरहेको ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button