डडेल्धुराका ६ पालिकाद्वारा भूमि आयोगसँग सम्झौता
डडेल्धुरा । डडेल्धुराका ६ वटा स्थानीय तह र राष्ट्रिय भूमि आयोगबिच सम्झौता भएको छ ।
जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका बाहेक परशुराम नगरपालिका, अजयमेरु, गन्यापधुरा, नवदुर्गा, आलिताल र भागेश्वर गाउँपालिकासँग सम्झौता भएको हो ।

राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीका अनुसार जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि ६ वटा स्थानीय तह र राष्ट्रिय भूमि आयोगबिच सम्झौता गरिएको हो ।
अमरगढी नगरपालिकाबाहेक ६ स्थानीय तहले भूमि आयोगसँग सम्झौता गरेसँगै विभिन्न प्रक्रिया अगाडि बढाएका छन् ।
गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्र कार्कीले भूमिहीनलाई लालपुर्जा वितरणका लागि नापी लगायतको काम अगाडि बढेको जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्