तपाईँ सुन्दै हुनुहुन्छः

झापाको चारआली जङ्गलमा व्यवसायी पौडेलको शव फेला, हत्या आशङ्का

भद्रपुर, झापा । ताप्लेजुङ स्थायी घर भई झापाको शान्तिनगरको बर्नेमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका एक जना व्यवसायीको शव झापाको चारआली जङ्गलमा फेला परेको छ ।

चारआल जङ्गलमा झुन्डिएको अवस्थामा ताप्लेजुङको पाथीभरा याङवरक –३ तिरिङे स्थायी घर भएका व्यवसायी मनकुमार पौडेलको शव मङ्गलवार राति फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मङ्गलवार बिहान पसलका लागि सामान लिन विर्तामोड जानुभएका पौडेल दिउँसो ३ बजेपछि सम्पर्कविहीन हुनुभएको थियो । साँझ ६ बजेसम्म पसलमा नफर्किएपछि उहाँको खोजी सुरु गरिएको थियो । 

उहाँको साथमा रहेको पैसा, पर्स र सुनको चेन हराएको छ । परिवारजनले उहाँको हत्या भएको आशङ्का गर्दै छानविन गर्न माग गरेको छ ।

पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु
यसैबीच, झापाको बुद्धशान्ति गाउँपालिका– ६ मा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।

मङ्गलवार दिउँसो बुद्धशान्ति ४ का चन्द्र मावोका १२ वर्षीय छोरा इचिहाङ मावो कुलोको पानीमा पौडी खेल्ने क्रममा अचानक पानीमा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button