तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा १३ विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विभिन्न १३ विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आज प्रमाणीकरण गर्नुभएको छ ।

फाइल तस्बिर

प्रमाणीकरण भएका विधेयकका नाम र प्रमाणीकरण मिति यस प्रकार छन् ।

१, लोकसेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक – २०७९/३/३१,

२, आर्थिक वर्ष २०७९/०८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक– २०७९/३/३१,

३, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

४, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१,

५, नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक – २०७९/३/३१,

६, तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१,

७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

९, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

१०, सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

११, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१,

१२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक – २०७९/३/३१ र

१३ रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक – २०७९/३/३१

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button