थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा दैनिक रुपमा कोरोना संक्रमण बढिरहेको छ । देशभर आज २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
३ हजार ८ सय ४४ नमुना परिक्षण गर्दा २ सय ६० मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसअघि हिजो मात्र २ सय ६ जना कोरोनाबाट संक्रमित बनेका थिए ।
असार २३ गते ७८ जना कोरोना संक्रमित भएकोमा आज एक हप्ता हुँदा बढेर सङ्क्रमितको सङ्ख्या २ सय ६० पुगेको हो ।
आज कोरोना सङ्क्रमणबाट ४८ जना निको भएका छन् । त्यस्तै देशभरि कोरोनाका सक्रिय संक्रमित १ हजार १ सय ७१ पुगेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्