तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । आजको राष्ट्रिय सभा बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । 

सांसद बामदेव गौतमले प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रिय सभामा उपाध्यक्ष तथा समितिहरूमा रिक्त रहेका सभापति पद तत्काल सम्बोधन हुनुपर्ने माग गर्नुभयो ।  

सांसद गौतमले लामो समयदेखि रिक्त रहेका उक्त पदहरूमा पुरुष राख्ने व्यवस्था भएको भए तत्काल पुरा हुने आशङ्का व्यक्त गर्दै संविधानले महिला अनिवार्य गरेको विषय बिर्सन नहुने बताउनुभयो । 

विशेष समयमा बोल्दै सांसदहरुले कानुन निर्माणमा उदासीनता देखाउन नहुने, मौलिक हक सम्बन्धी कानुन बनाए पनि कार्यान्वयन फितलो भएको, राष्ट्रिय सभाको शून्य तथा विशेष समयमा सांसदले राखेका विषयमा सम्बन्धित मन्त्रीहरूले पाँच दिन भित्र जवाफ दिनुपर्ने कानुनी व्यवस्था कडाइ पूर्वक लागू हुनुपर्ने माग गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button