तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्डको उपाधि बाँकेलाई

दाङ । दाङको बेल्झुन्डीमा सञ्चालित १२ औ सङ्घीय तथा  प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ को उपाधि बाँके जिल्लाले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा सञ्चालित प्रतियोगितामा १९ स्वर्ण ७  रजत र १० कास्य पदक हात पार्दै बाँके ले उपाधि जितेको हो । 

उपाधि सँगै उसले लुम्बिनी प्रदेश स्तरीय रनिङ शील्ड  उचाल्यो । त्यस्तै बर्दिया जिल्ला ९ स्वर्ण ९  रजत र १२ कास्य पदकका साथ द्वितीय हुँदा दाङ ६ स्वर्ण, ११ रजत र १३ कास्य पदक हात पार्दै तृतीय भयो भने कपिलवस्तु जिल्ला ६ स्वर्ण, ४ रजत र २ कास्य पदकका साथ सान्त्वना भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button