चट्याङ लागेर बालकको मृत्यु
सोलुखुम्बु । सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मङ्गलबार साँझ पानीसँगै परेको चट्याङका कारण थुलुङ दूधकोशी गाउँपालिका–९ का सात वर्षीय बालक सुजन तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
बालकको आमा ताकमाया तामाङ घाइते हुनुभएको छ । उहाँको शरीरको एक पाटो नचल्ने बताइएको छ । माइतीघर हिँडेकी आमासँङ्गै रहेका बालक पानी परेपछि ओत लागेर घरको पेटीमा बसिरहेको अवस्थामा चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
गए राति सोलुखुम्बुका विभिन्न स्थानमा परेको चट्याङका कारण अधिकांश स्थानमा भौतिक क्षति भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्