तपाईँ सुन्दै हुनुहुन्छः

आठ करोड बढी विदेशी मुद्रा अपचलन गरेको अभियोगमा मुद्दा

काठमाडौं।राजश्व अनुसन्धान विभागले विदेशी मुद्राको अपचलन गरेको अभियोगमा कुश्मा–१ पर्वत घर भई सामाखुसीमा बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । विभागका अनुसार विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको पाइएपछि छानबिन गरिएको थियो ।

पौडेलले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रूपमा अपनाएको देखिएको विभागले उल्लेख गरेको छ । विदेशी विनिमय कारोबार गर्न अनुमति नलिएको तथा गैरकानूनी क्रियाकलाप गरेको पाइएकाले रु आठ करोड २३ लाख २६ हजार ८०६ बराबरको बिगो कामय गरी आज मुद्दा दर्ता गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button