रासायनिक मल र भाडा समायोजनका लागि एमालेको ज्ञापन पत्र

दाङ । रासायनिक मल र भाडा समायोजनको माग गर्दै नेकपा एमाले बबईले ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले बबई गाउँ कमिटीले बबई गाउँपालिका पुगेर ज्ञापन पत्र बुझाएको हो ।
सहकारीमार्फत रासायनिक मल वितरण हुनुपर्ने नभएको भन्दै नियमन गर्ने स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको नेकपा एमाले बबईका अध्यक्ष टङ्कराज विश्वकर्माले जानकारी दिनुभयो ।
सहकारीले मल वितरण गर्न नपाउने तर, व्यक्तिगत र व्यवसायीले घर÷घरमा पुगेर मल बिक्री गरिरहेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै अध्यक्ष विश्वकर्माले गाउँपालिकालाई ध्यानाकर्षण गराएको जानकारी दिनुभयो ।
मल ल्याउनका लागि गाउँपालिकाले कुनै पहल नगरेको जनाउँदै नेकपा एमाले बबईले गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीलाई दुई बुँदे ज्ञापन पत्र बुझाएको नेकपा एमाले बबईका सचिव डम्बरबहादुर सिरिस मगरले जानकारी दिनुभएको छ । जनताको मागलाई ध्यानमा राख्दै ज्ञापन पत्र बुझाएका उहाँले जानकारी दिनुभएको छ ।
नेकपा एमाले बबईले मल आपूर्तिमा सहज गराउन तथा पेट्रोलियम पदार्थको वृद्धिका कारण भाडा वृद्धि भएको जनाउँदै यातायात सेवा प्रदायक संस्थासँग छलफल र समन्वय गरी भाडा समायोजनका लागि पहल गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउन नेकपा एमालेका अध्यक्ष टङ्कराज विश्वकर्मा, सचिव डम्बरबहादुर सिरिस मगरको नेतृत्वमा गाउँपालिका पुगेको थियो ।
ज्ञापन पत्र बुझेपछि जवाफमा गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले मल र पेट्रोलियम पदार्थको समस्या राष्ट्रिय रुपमा रहेको बताउँदै सहकारीले सरकारले उपलब्ध गराउने मल ल्याउने सर्तमा सिफारिस दिने भनिएको बताउनुभएको थियो ।
जनताको पक्षमा आफु पनि भएको बताउँदै अध्यक्ष खत्रीले मल ल्याउन र भाडा समायोजनका लागि पहल गर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्