भलुवा गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनको पोल्टामा
सुनसरी । सुनसरीको दुहबीमा भएको ८ औँ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनको पोल्टामा गएको छ।
रारा फुटबल क्लब राजारानी धनकुटालाई १–० गोल अन्तरले पराजित पार्दै क्यामरुनले उपाधि जितेको हो। खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक भए पनि गोल रहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको ७४ औँ मिनेटमा क्यामरुनका खेलाडी सेम सेमले गोल गर्दै आफ्नो टिमको विजय सुनिश्चित गराए।
खेलको उत्कृष्ट खेलाडी रारा फुटबल क्लब राजारानी धनकुटाका विकास खवास घोषित भए। उनलाई फाइनल खेलका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य विजयकुमार गच्छदारले नगद ७ हजार तथा ट्रफी प्रदान गरे।
क्यामरुनले उपाधिसहित नगद ३ लाख नगद, शिल्ड र मेडल प्राप्त गरेको छ भने उपविजेता रारा फुटबल क्लब राजारानी धनकुटाले डेढ लाख नगद, शिल्ड र मेडलमा चित्त बुझाएको छ।

विभिन्न विधा तर्फबाट उत्कृष्ट गोलरक्षक क्यामरुनका कावोसि, वेस्ट डिफेन्सबाट रारा फुटबल क्लब राजारानी धनकुटाका दिनेश राजवंशी, वेस्ट मिडफिल्डर क्यामरुनका स्टिफन, वेस्ट फरवार्ड क्यामरुनका सेम सेम घोषित भए। हाइ स्कोरर एवाइसि गढीका म्याक्सवेल घोषित भए। उनीहरूले नगद ६ हजारसहित ट्रफी पाए।
गोलरक्षकतर्फ सर्वोत्कृष्ट क्यामरुनका बिले घोषित भए। उनले नगद १० हजारसहित ट्रफी पाए। वेस्ट कोच क्यामरुनका आशिष् थापा मगर घोषित भए। उनले नगद ६ हजार सहित ट्रफी पाए।








प्रतिक्रिया राख्नुहोस्