तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा फोटो सहितको मतदाता नामावली सङ्कलन सुरु

भोजपुर । जिल्ला निर्वाचन कार्यालय भोजपुरले फोटो सहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सुचारु गरेको छ ।

गत २०७८ पुस २५ गतेबाट स्थगित गरिएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य निर्वाचन आयोगको कार्यक्रम अनुसार पुन सुचारु भएको हो ।

जिल्ला निर्वाचन अधिकारी टोपलाल भुसालका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा रहेको इलाका प्रशासन कार्यालयबाट नयाँ मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने कार्य हुने छ ।

“पेशा व्यवसायका कारण कुनै एक जिल्लामा बसोबास गरिरहेको तर स्थायी ठेगाना अन्य जिल्लामा रहेको भए पनि निर्वाचन कार्यालयबाट नामावली सङ्कलन गर्न सकिने छ ।” जिल्ला निर्वाचन अधिकारी भुसालले भन्नुभयो ।

२०७३ माघ २० भन्दा अगाडी दर्ता भई नागरिकतामा उल्लेखित ठेगाना भन्दा फरक ठेगानामा मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले समेत नागरिकताका आधारमा विवरण सच्याउन पाउने छन् ।

मतदाता नामावलीमा झुटो विवरण पेश गरेमा पाइए निजको नाम हटाउन समेत कुनै पनि व्यक्तिले प्रमाणसहित जिल्ला निर्वाचन कार्यालयमा उजुरी समेत दिन सक्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button