तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

मुग्लिन । पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button