तपाईँ सुन्दै हुनुहुन्छः

सिसडोलको गल्ती बञ्चरेडाँडामा दोहोरिँदैन : मन्त्री झाँक्री 

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवास विहीन  सीमान्तकृत र विपन्न वर्गका लागि जनता आवास कार्यक्रम तथा सुरक्षित नागरिक आवास कार्यक्रममार्फत आवास व्यवस्था गर्न सरकार लागिरहेको  बताउनुभएको छ ।

मन्त्री झाँक्रीले सघन सहरी विकास कार्यक्रम अन्तर्गत यसै वर्षदेखि बस्ती विकासका कार्यक्रम थप गरिएको र त्यसबाट पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने बताउनुभयो । 

उहाँले दलित, भूमिहीन र विपन्न नागरिकका लागि संयुक्त आवासका कार्यक्रममार्फत एकिकृत बस्ती विकास गरिने बताउनुभयो ।

मन्त्री झाँक्रीले काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या स्थायी समाधानका लागि नवनिर्मित बञ्चरे डाँडा ल्याण्डफिल्ड साइडलाई वैज्ञानिक प्रविधियुक्त बनाउन प्रयास भइरहेको बताउनुभयो ।

उहाँले सिसडोलस्थित पुरानो ल्याण्डफिल्ड साइडमा देखिएको समस्या बञ्चरेडाँडामा आउन नदिन मन्त्रालय र अन्य स्थानीय निकायहरुबीच छलफल भइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button