तपाईँ सुन्दै हुनुहुन्छः

ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ

झापा । झापाको मेचीनगरमा लागु औषध ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर–१२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय जीवन सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धुलाबारी, लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र प्रहरी चौकी चारआली झापाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचेलाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ८ ग्राम ५२ मिलिग्राम ब्राउन सुगर, नगद ७३ हजार, एउटा मोबाइल र डिजिटल मिनी तराजु फेला परेको जनाएको छ ।

मेचेसँगै रहेका सार्की समेत उक्त कार्यमा संलग्न देखिएकोले दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button