तपाईँ सुन्दै हुनुहुन्छः

जापानद्वारा निर्माण गरिएको विद्यालय भवन हस्तान्तरण

भद्रपुर, झापा । झापामा जापान सरकारको सहयोगमा निर्माण भएको एक विद्यालय भवन हस्तान्तरण गरिएको छ ।

जापान सरकारको १ करोड ३६ लाख र शिवसताक्षी नगरपालिकाबाट १७ लाख गरी  करोड ५१ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दुई तले भवन शिवसताक्षी वार्ड नं १ स्थित लक्ष्मी नारायण माध्यमिक विद्यालयलाई आज एक समारोहका बीच उद्घाटनपछि हस्तान्तरण गरिएको हो ।

भवनको प्रमुख अतिथि द्वय शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा र जापानी राजदूतावासका निमित्त चिफ मिसन तामुरा ताकाहिरोले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

समारोहमा जापान सरकारका प्रतिनिधि तामुरा ताकाहिरोले समाजमा रहेका अति विपन्न समुदायहरू अध्ययन गर्ने शिक्षण क्षेत्रमा लगानी गरी विद्यार्थीहरूलाई अध्ययन गर्ने वातावरण बनाउन जापान सरकारले अनुदान सहयोग गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button