नेकपा (एकीकृत समाजवादी)मा मन्त्री हेरफेर गर्नेबारे छलफल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी मन्त्री हेरफेर गर्नेबारे छलफल गरेको छ ।
काठमाडौँमा आज बसेको पार्टीको सचिवालय बैठकले सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने जिम्मेवारी पार्टी अध्यक्ष माधव कुमार नेपाललाई दिइएको नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिनुभयो ।
पार्टीले सरकारमा सहभागी मन्त्रीलाई ६ महिनाका लागि पठाएको भन्दै उपमहासचिव तुलाधरले पाटीको निर्णय सबैले मान्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्