तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताका समस्या समाधान पहिलो प्राथमिकता’

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान नै आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभएको छ ।

file photo

तनहुँको व्यास नगरपालिका–८ बर्लाची र बानियाँ गाउँमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले जनताका समस्या समाधान गर्दै जनतालाई खुसी बनाउनु नै मूल लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

जनताको समस्या बुझ्नका लागि आफू गाउँमा आउने गरेको बताउँदै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “गाउँका समस्या बुझेर समाधान गर्ने मेरो पहिलो प्राथमिकता हो, जनताका समस्या बुझ्नका लागि गाउँमा आउने गरेको छु ।” जनतालाई मालिक बनाउने व्यवस्था र सत्ता जनताको हातमा पुर्‍याउने व्यवस्थाका लागि आफू सदैव लड्दै आएको उहाँको भनाइ थियो ।

अहिले गठबन्धनको सरकार रहेको र तनहुँको विकासका लागि आफूले सकेको बजेट विनियोजन गराउँदै आएको पौडेलले बताउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button