तपाईँ सुन्दै हुनुहुन्छः

राज्यारोहणका सात दशक भव्यरुपमा मनाइदै

लण्डन । महारानी एलिजावेथ द्वितीयले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा चार दिनसम्म यहाँ विविध कार्यक्रम आयोजना गरिने भएको छ । महारानीको सात दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक परेड, प्रार्थना, विविध साङ्गीतिक कार्यक्रमलगायत समारोह हुनेछन् । 

यसै साता वकिङ्घम राजाप्रासदको बार्दलीमा आएर महारानी एलिजावेथले देशवासीलाई अभिवादन गर्नुहुनेछ । वयोवृद्ध महारानीको बार्दलीमा हुने उपस्थितिले सात दशकको परिवर्तन पछि पनि राजपरिवार बेलायतमा अझै सान्दर्भिक रहेको पुष्टि गर्नेछ । महारानीलाई हेर्न मध्यलण्डनमा धेरैभन्दा धेरै नागरिक उपस्थित हुने अपेक्षा गरिएको छ ।

बेलायती नागरिकको त्यो उपस्थितिले राजतन्त्र मतपेटिकाबाट निर्वाचित नभएको पुष्टि गरे पनि सडकमा निस्किएका आफ्ना नागरिकको उपस्थितिले राजतन्त्रप्रतिको अटुट आस्था प्रतिबिम्बित गर्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button