तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय बायु सेवा निगमहरूलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शत प्रतिशत छुट 

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय बायु सेवा निगमहरूलाई आकर्षण गर्न शत प्रतिशत छुट हुने भएको छ । अन्तर्राष्ट्रिय बायु सेवा निगमहरूलाई आकर्षण गर्नका लागी सेवा शुल्क २०७८ को नियमावली ४ बमोजिम शत प्रतिशत छुट दिने भएको हो  । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने अवतरण, बिसान, सञ्चार तथा उड्डयन शुल्क पहिलो वर्षका लागी शतप्रतिशत छुट दिने नेपाल सरकारको मन्त्री परिषदबाट निर्णय भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button