तपाईँ सुन्दै हुनुहुन्छः

धुलिखेल नगरपालिकाको मेयरमा पुनः अशोक ब्याञ्जु विजयी 

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको मेयरमा पुन नेकपा एमालेका अशोक ब्याञ्जु विजयी हुनुभएको छ । 

स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मतले पराजित गर्दै ब्याञ्जु मेयरमा निर्वाचित हुनुभएको हो । 

ब्यान्जुले ८ हजार ३ सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बस्नेतले ७ हजार ४ सय ९ मत प्राप्त गर्नुभएको छ । 

उपमेयरमा भने नेपाली काङ्ग्रेसका नीराजन जङ्गम विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी लालतारा अधिकारीलाई १२० मतले पराजित गर्दै जङ्गम निर्वाचित हुनुभएको हो । 
नेपाली काङ्ग्रेसका  जङ्गमले  ७ हजार ९ सय १० मत प्राप्त गर्नुभयो भने अधिकारीले ७ हजार ७ सय ९० मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button