बारामा ९ पालिकाको नतिजा यस्तो
बारा । बारामा अहिले सम्म ९ वटा स्थानीय तहको नतिजा सार्वजनिक भइसकेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्राप्त जानकारी अनुसार नेकपा एमाले निजगढ, परवानीपुर प्रसौनीमा प्रमुख उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो । जस अनुसार निजगढमा प्रमुखमा सुरथ पुरी, उपप्रमुखमा सोमामया थिङ, परवानीपुरमा अध्यक्षमा रामक्षेत्री पटेल, उपाध्यक्ष सुगान्धी देवी कानु, प्रसौनीमा अध्यक्षमा विनोद प्रसाद जयसवाल, उपाध्यक्ष किरण देवी निर्वाचित भएका छन् ।
गठबन्धनबाट नेकपा माओवादीको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकामा प्रमुखमा राजन पौडेल, उपप्रमुखमा एमालेका भोला अधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरि सुवर्ण गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष राजेशप्रसाद यादव, उपाध्यक्षमा पुनम कुमारी निर्वाचित भएकी निर्वाचन कार्यालयले जनाएको छ । कोल्हवीमा नेपाली काँग्रेसबाट रामप्रसाद चौधरी, उपप्रमुखमा लक्ष्मी चौधरी निर्वाचित हुनु भएको छ ।
त्यसैगरि करैयामाई गाउँपालिकामा भने जनता समाजवादी पार्टीका तर्फबाट अध्यक्षमा शम्भु प्रसाद यादव र उपाध्यक्षमा सुनैना देवी चौधरी निर्वाचित भएका छन् । फेटामा विवेकशील साझा पार्टीका रुस्तम अंसारी, उपाध्यक्षमा निलम साह निर्वाचित हुनु भएको छ ।
विश्रामपुर गाउँपालिकामा भने लाकितान्त्रिक समाजवादी पार्टीका जुल्फाकार भुटो र उपाध्यक्षमा प्रियङ्का कुमारी निर्वाचित हुनु भएको प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिनुभयो ।
३ वटा पालिकाहरू मध्ये कलैया उपमहानगरपालिकामा नेकपाका विनोद साहको जित पक्का भइसकेको छ, भने सिम्रौनगढ नगरपालिकामा लोसपाका किशोरी साहको पनि जित पक्का भएको हो । देवताल गाउँपालिकामा जनता समाजवादी पार्टीको उम्मेदवार उदय कुमार यादवको जित पनि निश्चित भएको हो ।








प्रतिक्रिया राख्नुहोस्