तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटको राजपुर नगरपालिकाका नेपाली काँग्रेस विजयी 

रौतहट । रौतहटको राजपुर नगरपालिकाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली काँग्रेसका मोहम्मद राजिक आलमले प्रमुखमा ६ हजार ३ सय ३५ र उपप्रमुखमा जमिला असगरीले  ६ हजार २ सय ६८  मत प्राप्त गरी विजयी हुनुभएको हो । 

विजयी मोहम्मद राजिक आलम पुर्वमन्त्री अफताब आलमका छोरा हुन । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीबाट प्रमुख पदका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७ सय ५१ र उपप्रमुखमा चिन्ता कुमार कलवारले ३ हजार ६ सय २९ मत प्राप्त गर्नु भएको हो । 

योसँगै रौतहटमा नेपाली काँग्रेसले–३ स्थान, नेकपा एकिकृत समाजवादीले–२, नेकपा माओवादीले–१, नेकपा एमालेले–१ र लोकतान्त्रिक समाजवादी पार्टीले–१ स्थानमा प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेको छ ।  

अझै दश पालिकाको मत परिणाम सार्वजनिक हुन बाकी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button