तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको मोदीमा एमालेका उम्मेदवार विजयी

पर्वत । पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा(एमाले) का हिरादेबी शर्मा विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेकै विमल लामिछाने विजयी हुनुभएको छ । 

अध्यक्षमा विजयी शर्माले ६ हजार ११ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गुप्तबहादुर हमाल ठकुरीले ४ हजार ६ सय ८० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा विजयी भएका विमल लामिछानेले ६ हजार ३ सय ३ मत प्राप्त गर्नुभएको छ । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामबहादुर प्रसाईँ(जीवन)ले ४ हजार ६ सय ५४ मत प्राप्त गर्नुभएको छ । 

यो सँगै पर्वतका ५ पालिकाको मतगणना कार्य सकिएको छ । अब कुश्मा नगरपालिका र बिहादी गाउँपालिकाको मत परिणाम आउन बाँकी रहेको छ । दुवै पालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिनुभएको छ । 

हालसम्म पर्वत जिल्लामा ६० वडाको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार नेकपा एमालेले ३३ वडाहरू, काँग्रेसले २४ वडाहरू र माओवादी केन्द्र २ वडामा तथा एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी हासिल गरेको छ । जिल्लामा कुल ६१ वडाहरू रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button