तपाईँ सुन्दै हुनुहुन्छः

फिदिम नगरपालिकाको प्रमुखमा काफ्ले र उपप्रमुखमा न्यौपाने निर्वाचित

पाँचथर । पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाको मेयरमा मित्रप्रसाद काफ्ले र उपमेयरमा राधाकृष्ण न्यौपाने विजयी हुनुभएको छ ।

नेकपा एमालेका उम्मेदवार पृथ्वी लावतीलाई ६ सय १ मतले पछि पार्दै काफ्ले विजयी हुनुभएको हो । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार काफ्लेले ९ हजार ६ सय २८ मत प्राप्त गर्दा लावतीले ९ हजार २७ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा माओवादी केन्द्रकी राधाकृष्ण न्यौपाने विजयी हुनुभएको छ । राप्रपाका जगत थापा मगरलाई ३ हजार १ सय ९५ मतले पछि पार्दै न्यौपाने विजयी हुनुभएको हो ।

न्यौपानेले ८ हजार ७ सय ७३ मत प्राप्त गर्दा मगरले ५ हजार ५ सय ७८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button