देवदह नगरपालिकाको मेयर र उपमेयर एमालेबाट विजयी

रुपन्देही । नेपाली कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गर्दै रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेका ध्रुव खरेल निर्वाचित हुनुभएको छ ।
खरेलले कांग्रेस र माओवादी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका रुपन्देही जिल्ला सचिव हिरा खत्रीलाई १६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित हुनु भएको हो ।
खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईँलाई पराजित गरी नगरप्रमुख निर्वाचित हुनुभएको थियो । खरेलले १२ हजार ९४३ मत पाउँदा केसीले ११ हजार ३२३ मत प्राप्त गर्नुभयो।
त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ फराकिलो मतान्तरले निर्वाचित हुनुभएको छ । गुरुङ यसअघि २०७४ सालमा पनि उपप्रमुख निर्वाचित हुनुभएको थियो। गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गर्नु भएको हो ।
४८ हजार २ सय ९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउँदा गिरीले ७ हजार २९० मत प्राप्त गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्