तपाईँ सुन्दै हुनुहुन्छः

मेलम्ची नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार तामाङ विजयी

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख पद काङ्ग्रेसले जितेको छ ।

एमाले र काङ्ग्रेसबिच भएको तीव्र प्रतिस्पर्धामा एमालेका बालकृष्ण देउजालाई पराजित गर्दै काङ्ग्रेसका आइतमान तामाङले मेयरमा विजयी प्राप्त गर्नुभयो ।

तामाङले झिनो ९३ मतले देउजालाई पराजित गर्नुभएको छ । यस्तै उपमेयरमा भने एमालेका उमा प्रधान विजयी हुनुभयो।मेलम्ची वडा नम्बर १,२,३,७,११ र १३ मा एमालेका उम्मेदवार अध्यक्षमा निर्वाचित हुनुभयो भने बाकि वडा काँग्रेसले जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button