डडेलधुराको अमरगढी नगरपालिकामा काँग्रेस विजयी

डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेस बिपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी हुनुभएको छ ।
काँग्रेस बिपी र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई पराजित गर्दे जोशीले ३६१९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भट्टले ३४२६ मत पाउनुभयो ।
उपप्रमुखमा विजयी झुकालले ३६७८ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी काँग्रेस बिपी र एमालेका गठबन्धनका उम्मेदवार यज्ञराज अवस्थीले ३०८५ मत ल्याउनुभयो । गत ०७४ सालमा अमरगढीमा विजयी भएको एमालेले यस पटक भने एउटा वडामा जित्न सकेन । नेपाली काँग्रेसले अमरगढीका १० वटा वडामा विजयी हुन सफल भएको छ भने एक वडामा काँग्रेस बिपीले वडा अध्यक्ष जितेको छ । अमरगढी वडा नं.८ का पूर्व वडा अध्यक्ष समेत रहनु भएका नरबहादुर साकीको नेतृत्वको टिम विजयी भएको छ ।








प्रतिक्रिया राख्नुहोस्