तपाईँ सुन्दै हुनुहुन्छः

भीमसेन थापा गाउँपालिकामा माओवादी केन्द्रका बञ्जरा र नेपाली काँग्रेसकी वस्ती विजयी

गोरखा ।गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा विजयी हुनु भएको छ ।

बञ्जाराले ५ हजार ६ सय ५१ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रोशन गुरुङले ५ हजार १ सय ७६ मत प्राप्त गर्नुभयो। बञ्जारा अघिल्लो स्थानीय तह चुनावमा पनि अध्यक्षका उम्मेदवार रहनुभएको थियो । उहाँ नेपाली काँग्रेसका ईश्वर पाण्डेसँग पराजित हुनुभएको थियो ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी अमृता वस्ती भट्ट ५ हजार १ सय ४७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले ४ हजार ९ सय २७ मत प्राप्त गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button