दाङको दङ्गीशरणमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी

दाङ । दाङको दङ्गीशरण गाउँ पालिकामा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । गए राती अबेर सम्पन्न मत परिणाम अनुसार नेपाली काङ्ग्रेसका शम्भु गिरीले ५ हजार ७६७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका मेघनाथ शाहले ४ हजार ४९ ल्याउनुभयो । नेकपा माओवादी केन्द्रका मनिराम चौधरीले १ हजार ७८३ मत ल्याउनुभयो ।
यस्तै उपाध्यक्ष पदमा नेपाली काङ्ग्रेसकी पिमा खड्काले ४ हजार ७७९ मतसहित विजयी हुँदा नेकपा एमालेकी बुधनी चौधरीले ४ हजार ३११ मत ल्याउनुभयो । त्यसैगरी नेकपा माओवादीकी निर्मला चौधरीले १ हजार ८४६ मत ल्याउनुभयो ।
दङ्गीशरणमा रहेका ७ वटा वडामध्ये ४ वडा नेकपा एमालेले बिजय हासिल गरेको छ भने ३ वडामा नेपाली काङ्ग्रेसले बिजय हासिल गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्