तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर तुम्वेवा गाउँपालिका अध्यक्षमा काँग्रेसका खड्का विजयी 

पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका बाबुराम खड्का निर्वाचित हुनुभएको छ ।।

नेकपा एमालेका उम्मेदवार गोविन्द बहादुर तामाङलाई ४ सय ७ मतान्तरले पछि पार्दै खड्का विजयी हुनु भएको हो । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खड्काले २ हजार ७ सय १८ मत प्राप्त गर्दा तामाङले २ हजार ३ सय ११ मत प्राप्त गर्नुभयो । 

यस्तै पालिका उपाध्यक्षमा माओवादी केन्द्रका खड्ग सुन्दर सम्बाहाम्फे विजयी हुनु भएको छ । नेकपा एमालेका नन्द कुमारी विश्वकर्मालाई  ६ सय ९९ मतले पछि पार्दै सम्बाहाम्फे विजयी हुनुभएको हो । विश्वकर्माले २ हजार ९  मत प्राप्त गर्दा सम्बाहाम्फले २ हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button