तपाईँ सुन्दै हुनुहुन्छः

हेटौँडा–१ मा काँग्रेसका सविन न्यौपाने विजयी

मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा नेपाली काँग्रेसले खाता खोलेको छ । हेटौँडा–१ मा नेपाली काँग्रेसका सविन न्यौपाने विजयी हुनु भएको छ । न्यौपाने १३१ मतान्तरले विजयी हुनु भएको हो ।

कुल ३२९३ मत खसेको मध्ये न्यौपानेले १४४२ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उत्तम प्रसाद पौडेलले १३११ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button